मन्दाकिनी हाइड्रोपावरले शेयरधनीलाई नगद लाभांश दिने
काठमाण्डौ।मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुमा वितरण गरिनेछ।